कसरी ख्रीष्टियान हुने?

Christian Mölk10 steg, How to become a Christian, Integration Leave a Comment

1.     परमेश्वरको स्वरुपमा वनाइएका

1आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो। 2पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो। 3अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो। (उत्‍पत्ति १ः१–३)

27यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो। (उत्‍पत्ति १ः२७)

परमेश्वरको स्वरुपमा वनाइएका भनेको के हो ?

 

मानिस र जनावरवीच के भिन्नता छ ?

 

2.     पाप

आदम र हब्बा पापी  थिए

6जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। (उत्पत्ति ३ः६)

पापका कारणले आदम र हब्बा स्वर्गबाट संसारमा खसालिए

सवैले पाप गरेका छन्

23किनकि सबैले पाप गरेका छन्, रपरमेश्‍वरको महिमा सम्‍म पुग्‍न बाट चुकेका छन्‌। (रोमी३:२३)

हाम्रो पापको कारणले परमेश्वरको स्वरुप हामीमा हुन रोक्यो ।

पाप के हो ?

तपाईले कहिले पाप गर्नु भएको छ ?

पापको सजाय के हो त ?

23किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।  (रोमी ६:२३ )

परमेश्वरले एक दिन संसारको न्याय गर्नुहुनेछ ।

31किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। (प्रेरित१७:३१)

3.     येशू

परमेश्वर मानिस हुनुहुन्छ त्यसैले हामी मानिस पनि परमेश्वर जस्तै छौ ।

1आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। (यूहन्ना १:१)

14अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। (यूहन्ना १:१४)

हामीले येशूको जीवनीबाट सिक्नु पर्छ ।

21किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ। (१ पत्रुस २: २१)

उहाँमाथि विश्वास गर्ने जोकोही मानिसलाई परमेश्वर वचाँउनु हुन्छ ।

16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। (यूहन्ना ३:१६)

येशू ख्रीष्ट हाम्रो लागि क्रुसमा मर्नुभयो

3हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ। 4सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ। 5किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू। 6उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो। (१तिमोथी २:३-६)

येशूले हाम्रा सवै पापहरु उठाइ लिनु भयो

21किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो। (२ कोरिन्थी ५:२१)

येशू ख्रीष्ट तेस्रो दिनमा मरेकाबाट पुनरुतथान हुनुभयो

39“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे। 40उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, 41सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं। 42उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। 43सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।” (प्रेरित १०:३९-४३)

4.     पश्चाताप

17त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” (मत्ती ४:१७)

38पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ। (प्रेरित २:३८)

11त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।” (यूहन्ना ८:११)

पश्चाताप भनेको के हो ?

के तपाईसँग केही त्यस्तो कुरा छ जुनचाहिँ तपाईले पश्चात गर्नुपर्छ ?

 

5.     मुक्ति

9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। 10 किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ। (रोमी १०:९-१०)

वचाइएका छौ भनेको के हो ?

रोमी १०ः९र १० अनुसार येशू ख्रीष्टमा वाँच्नको लागि के के दुई वटा कुराहरु तपाईले गुर्नपर्छ ?

 

मुक्तिको लागि प्रार्थना

प्रभु येशू आज म तपाईलाई मेरो जीवनको परमेश्वर र मुक्तिदाता भनेर मानिलिन्छु र मेरा सवै अर्धमहरुबाट पश्चाताप गर्न चाहान्छु । मलाई मेरा सवै पापहरुबाट क्षमा दिनुहोस् र आजबाट मलाई तपाईको पछि लाग्न सिकाउनु होस्

6.     क्षमा

13उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। 14उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ। (कलस्सी १: १३-१४)

9यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ। (१ यूहन्ना १:९)

7.     बप्तिस्मा

18तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।19यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, 20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।” (मत्ती २८:१८-२०)

कसले हामीलाई बप्तिस्माको वारेमा भन्नुभयो?

 

चेलापन वा चेला भनेको के हो ?

 

कस्तो व्यक्तिले बप्तिस्मा लिन सक्छ ?

15अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर। 16विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। (मर्कूस १६:८–१२)

12तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए। (प्रेरित ८:१२)

यी माथिका पद अनुसार कसले बप्तिस्मा लिन सक्छन् ?

बप्तिस्मा शव्दको अर्थ के हो ?

तपाई कसरी बप्तिस्पमा लिन सक्नुहुन्छ ?

16अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो। (मत्ती ३३:१६)

35तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए। 36अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” 38तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए। (प्रेरित ८:३५-३८)

3अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।” 4तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।” 5यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए। (प्रेरित १९:३-५)

बप्तिस्मा कार्यक्रममा सहभागी हुनका लागि तपाईसँग के के कुरा चाहिन्छ त ?

बप्तिस्मा लिइसकेपछि तपाईलाई के हुन्छ ?

26किनकि विश्‍वासद्वारा तिमीहरू सबै ख्रीष्‍ट येशूमा परमेश्‍वरका सन्‍तान हौ। 27किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ। 28अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ। (गलाती ३:२६–२८)

पानिको बप्तिस्मा लिनुभन्दा अघि भनिने वाक्यांसहरु

मलाई मेरा परमेश्वरले दिनुभएको महान आज्ञा अनुसार र तपाईले येशूमा विश्वासद्धारा उहाँमा पाएको क्षमादान अनुसार तपाई मेरो जीवनको पिता र मुक्तिदाताको नाउँमा आज म तपाई………………………………………पिता, पुत्र र पवित्रआत्माको नाउँमा बप्तिस्मा दिदँछु ।

8.     शुद्धिकरण तथा पवित्रिकरण

29जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो। (रोमी ८:२९)

येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँचाहिँ परमेश्वरको पूर्ण स्वरुपमा वनाइनु भएको छ ।

जब हामी हाम्रो जीवनमा येशूलाई अनुसरण गर्छौ र येशू जस्तै हुन चाहान्छौ भने तब हामी विस्तारै उहाँको स्वरुपमा वनिदै उहाँजस्तै वन्न सक्छौ ।

9.     मण्डली

9तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। 10एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। (१ पत्रुस २:९-१०)

 

मण्डली भनेको के हो ?

10.                   पवित्र आत्माले भरिपूर्ण हुनु ।

18दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ। 19एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै (एफिसी ५: १८–१९)

8तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।” (प्रेरित १:८)

26तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। (यूहन्ना १४:२६)

तपाई पवित्र आत्माले भरिएको कसरी महशुश गर्न सक्नुहुन्छ ?

पवित्र आत्माले हामीलाई येशूको वारेमा कसरी सिकाउनु हुन्छ ?

 

मुक्तिको वारेमा बाइबलका यी पदहरु

16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। (यूहन्ना ३:१६)

9किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। 10किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ। (रोमी १०:९-१०)

12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। (यूहन्ना १:१२)  

16विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। (मर्कूस १६:१६)

38पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ। (प्रेरित २:३८)

19यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्, (प्रेरित ३:१९)  

4निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। 5तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं। 6हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। (यशैया ५३: ४–६)

Skriv en kommentar

Denna webbplats använder Akismet för att minska skräppost. Lär dig hur din kommentardata bearbetas.